लागूऔषधसहित प्रकाउ परेका अधिकारीलाई म्याद थप
पाेखरा | मंसिर १९, २०७९
पोखरा: पोखरामा लागूऔषधसहित प्रकाउ परेका किसन अधिकारीलाई १० दिनको म्याद थप गरि अनुसन्धान अगाडी बढाइएको छ ।
जिल्ला अदालत कास्कीबाट लागूऔषध सम्बन्धी मुद्वामा १० दिन को म्याद थप गरी अनुसन्धान अगाडी बढाएको जिल्ला प्रहरी कार्यालय कास्कीले जानकारी दिएको छ ।
वडा प्रहरी कार्यालय गगनगौँडा कास्कीबाट खटिएको प्रहरी टोलीले पोखरा वडा नं.३० पावरहाउस स्थित पृथ्वी राजमार्ग सडक खण्डमा सवारीसाधन चेकजाँच गर्ने क्रममा धादिङ त्रिपुरा सुन्दरी गाउँपालिका ३ स्थायी घर भई हाल पोखरा वडा नं.१० अमरसिंह चोक बस्दैँ आएका किसन अधिकारीलाई लागूऔषधसहित प्रकाउ गरेको जिल्ला प्रहरी कार्यालय कास्कीले जनाएको छ ।

प्रहरीका अनुसार अधिकारीको साथबाट डाईजापाम ५० एम्पुल, फेनेरागल ५० एम्पुल र नुर्फिन ५० एम्पुल गरी जम्मा १५० एम्पुल लागूऔषध र १ थान मोबाइल फेला परेको थियो ।
काठमाडौं: प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले नागरिकका गुनासो सुनुवाइलाई छिटो, छरितो, पारदर्शी र प्रभावकारी बनाउन ‘हेलो सरकार’ लाई स्तरोन्नति गरी नागरिक गुनासो तथा एकीकृत सेव...
चितवन: जिल्लाका विभिन्न स्थानबाट ५७ जनालाई जुवाको खालबाट नियन्त्रणमा लिइएको छ । चालु आर्थिक वर्ष सुरु भएसँगै उनीहरूलाई नियन्त्रणमा लिइएको हो । उनीहरूबाट रु आठ लाख ३८ हजार ६४५ नगदसमेत बरामद ...
काठमाडौं: नेपाल राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थाबाट रु ८५ अर्ब बराबरको तीनमहिने निक्षेप सङ्कलन गर्ने भएको छ । राष्ट्र बैंकको मौद्रिक व्यवस्थापन विभागले आज जारी गरेको सूचनाअनुसार उक्त निक्षेप सङ्क...

